Comments Add Comment

कांग्रेसको चेतावनी : सदनमा मुख थुन्न खोजे सडकमा पोखिन्छ

३ असार, काठमाडाैं । प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई बोल्न नदिएको विषयलाई लिएर राष्ट्रयसभामा सत्तारुढ र विपक्षी दलको जुहारी चल्यो ।
सत्तारुढ दल नेकपाका नेता दिनानाथ शर्माले प्रतिपक्षी दलले संसदीय मर्यादा विपरीत प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई बोल्न नदिएको आरोप लगाए । जवाफमा विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले सदनमा प्रतिपक्षी दलको आवाज दबाउने प्रयास गरे सडक संघर्ष चर्कने चेतावनी दिए ।

सदनमा प्रतिपक्षी दलको मुख थुन्ने काम गरिए त्यो सडकमा गएर पोखिने उनको चेतावनी छ । ‘प्रतिनिधिसभामा प्रधानमन्त्रीले मात्रै बोल्न पाउने अनि प्रतिपक्षी दलले बोल्न नपाउने ? प्रतिपक्षीलाई सदनभित्रपनि मुख थुन्ने प्रयास गरिँदैछ’ उनले भने, ‘प्रतिपक्षी दलको आवाजलाई दबाउने प्रयत्न गरिँदैछ । यो आवाज सदनमा दबाउनुभयो भने सडकमा पोखिन्छ भन्ने कुरा पनि याद गर्नुहोला । जति सदनमा दमन हुन्छ त्यति सडकमा यी कुराहरु छताछुल्ल हुन्छ ।’

संसदीय मुल्य मान्यताबारे कांग्रेसलाई सिकाउनु नपर्ने भन्दै उनले भने, ‘हामीले आजसम्म माइक उचालेका छैनौं कुर्सी भाँचेका छैनौं, अर्थमन्त्रीको बि्रफकेश फोडेका छैनौं । संसदीय अभ्यास हाम्रो प्राण हो ।’

सरकारले संविधान विपरित ल्याएका विधेयकविरुद्ध जनता सडकमा ओर्लिएको र टोलटोलमा सरकारको विरोधमा प्रर्दशन भइरहेको भन्दै उनले संयमित भएर संविधान अध्ययन गर्न सरकारलाई सुझाव दिए । उनले भने, ‘संयमित हुनुहोस् । बुझ्नुहोस् । जनताको आवाज हिजो पनि धेरैले थुन्ने कोशिस गरेका थिए । हिजो जो जो ले शासन लिए । जनताको अधिकार खोस्ने चेस्टा गरे तीनले पनि यो रोस्टममा सरकारको प्रतिनिधि भएर, सरकारको तर्फबाट बोल्दा खेरी त्यस्तै देख्थे । उरालिएको भिड देख्थे । कसैबाट सञ्चालित देखेका थिए ।’

उनले अघि भने, ‘के जनप्रतिनिधिहरुले टाउको फुटेका जनताको पक्षमा सदनमा अभिव्यक्ति दिन पाउँदैनन् ? यो सभाले उठाउन पाउने यो सभाले उठाउन नपाउने भन्ने कुरा हुन्छ ? जब जनतालाई दमन गरिन्छ । त्यसपछि आवाजहरु सदनमा मात्रै होइन, सर्वत्र घन्किन्छन् ।’

भूमाफियालाई किसानको नाममा जमिन बाँड्न नसकिने भन्दै उनले भू-माफियाको चंगुलमा बनेको विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए । जनताको आवाज सुन्ने हो भने सरकारले विधेयक फिर्ता लिन सक्ने भन्दै उहाँले समयमै जनताको चाहानाको सम्बोधन गर्न आग्रह गरे ।

सरकारले संविधान भन्दा बाहिर गएर सुरक्षा परिषद् सम्बन्धी विधेयक, मानवअधिकार सम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र गुठी विधेयक ल्याएको यनको आरोप छ । पाण्डेले भने, ‘संविधानको बर्खिलाप भएर आउने ऐन कानुन, जतिसुकै बहुमतको सरकार भएपनि बनाउन पाइँदैन । संविधानलाई मिच्ने गरेर कानुन बनाउन पाइदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment