
३ असार, काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्यान्डका कप्तान इयोन मोर्गन विश्व रेकर्ड राख्न सफल भएका छन् ।
अफगानिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि कप्तान मार्गनले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड कायम गरेका हुन् । उलने सर्वाधिक १७ छक्का प्रहार गर्दै विश्व रेकर्ड राखे ।
यसअघि क्रिस गेलको नाममा १६ छक्काको एकदिवसीय क्रिकेटमा विश्व रेकर्ड थियो । मोर्गनले यो रेकर्ड तोड्न सफल भए ।
मोर्गनले विष्फोटक ब्याटिङ गर्दै ५७ बलमा शतक पूरा गरेका थिए । उनले ७१ बलमा १७ छक्का र चार चौका प्रहार गर्दै १४८ रन बनाएर आउट भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4