Comments Add Comment

‘नमूना मालपोत’ मा प्रधानमन्त्री नै ढिलो, त्यै पनि कालोझण्डा !

छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिने छ: प्रधानमन्त्री ओली

४ असार, काठमाडौं । बुधबार दिउँसो माइतीघर मण्डलामा गुठी समर्थकहरुले सरकारविरुद्ध खबरदारीसभा गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री पद्मा अर्याल कलंकीस्थित मालपोत कार्यालयमा देखा परे ।

कलंकी मालपोत कार्यालयलाई ‘नमूना कार्यालय’ घोषणा गरिएको भन्दै प्रधानमन्त्री ओली र मन्त्री अर्याल दुबैजनालाई बोलाइएको थियो ।

‘नमूना मालपोत कार्यालय’ को उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मालापोतमा मात्रै होइन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिने छ ।’

प्रधानमन्त्री ओलीले अबको दुई बर्षभित्र देशका सबै मालपोत कार्यालयका ढड्डा र पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताए ।

नमूना उदघाटन नै एक घण्टा ढिलो !

प्रधानमन्त्री ओलीले नमूना मालपोत कार्यालयको उदघाटन गर्दै देशैभरि छिटो छरितो काम हुने बताइरहँदा नमुना मालपोत कार्यालयको उदघाटन नै तोकिएको समयभन्दा एक घण्टा ढीलो सुरु भएको थियो ।

प्रधानमन्त्री ओली बिहान १० बजे कलंकी पुग्ने कार्यक्रम थियो । तर, उनी ११ बजेमात्रै पुगे । जबकि प्रधानमन्त्रीले ११ बजे प्रचण्डलाई बालुवाटारमा बोलाएका थिए ।

कालोझण्डाको सामना

मालपोत कार्यालयको डिजिटल सेवा उदघाटन गर्न पुगेका प्रधानमन्त्री ओलीलाई केही व्यक्तिले कालो झण्डासमेत देखाए । कालो झण्डा देखाउने मध्येका दुईजनालाई प्रहरीले पक्राउ गरेर कालीमाटीको हिरासतमा राखेको छ ।

यता माइतीघरको प्रदर्शनमा सहभागीहरुले चाहिँ भूमि व्यवस्था मन्त्री पदमा अर्यालको राजीनामासमेत मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment