+
+

मानवअधिकार आयोगले बनायो द्रूत अनुगमन टोली

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते १७:४८

४ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरूको अनुगमन गर्न ‘द्रूत अनुगमन तथा कार्य टोली’ बनाएको छ ।

मानवअधिकार उल्लंघनका गम्भीर घटनाहरुको छिटो अनुगमन गरी सत्य तथ्य सार्वजनिक गर्न टोली बनाइएको आयोगले जनाएको छ । आयोगको कानून, अनुसन्धान तथा अनुगमन विभागका निर्देशकको नेतृत्वमा रहने टोलीले उपत्यकासहित देशभर हुने गम्भीर प्रकृतिका मानवअधिकार हननका विषयमा अनुगमन गर्नेछ ।

विगत केही समय यता भएका अभिव्यक्ति स्वतन्त्रता, सामाजिक तथा साँस्कृतिक अधिकार, दण्डहीनताको स्थिति, गैरकानूनी थुना, यातना, स्वास्थ्यको अधिकार, नियोजित पुनःपक्राउका घटना, दोहोरो भीडन्त र हत्या, विष्फोटन, जबर्जस्ती चन्दा, अत्याधिक बल प्रयोग जस्ता घटनाहरूप्रति आयोगले चिन्ता समेत व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?