+
+
Shares

निर्माण व्यवसायीले भने-अलकत्रा र गिट्टी बालुवा अभाव भयो

सहज रुपमा उपलब्ध गराउन महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते १७:५९

४ असार, काठमाडौं । निर्माण व्यवसायीले सडक निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक निर्माण सामग्री ‘बिटुमिन’ (अलकत्रा) पर्याप्त आयात नहुँदा समस्या भएको बताएका छन् । विगत केही महिनअघि देखि अत्यावश्यक निर्माण सामग्री अभाव हुँदा ठूलो समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै नदीजन्य निर्माण समाग्रीहरुको असारको सुरुवात देखि नै नदीनालाबाट उत्खनन कार्य बन्द भएकोले देशभरका व्यवसायीहरु थप मारमा परेको महासंघको दावी छ ।

महासंघका महासचिव रोशन दाहालले बुधवार विज्ञप्ति जारी गर्दै जति सक्दो चाँडो बिटुमिन आयात तथा अन्य ढुंगा, गिट्टी, बालुवा लगायतका निर्माण समाग्री सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाई निर्माण कार्यलाई सहज बनाइदिन सम्बन्धित निकायहरु समक्ष अनुरोध गरेका छन् ।

निर्माण सामाग्रीहरुको अभावमा देशभरको निर्माण कार्य प्रभावित भइरहेकाले समस्या समाधानका लागि तत्काल ठोस कदम चालिदिन समेत महासंघले विज्ञप्ति मार्फत् सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

आर्थिक वर्ष समाप्त हुनै लाग्दा निर्माण कार्यमा देखापरेका यस्ता समस्याले देशभरका निर्माण व्यवसायीहरु ठूलो आर्थिक मारमा परी राज्यकै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने तर्फ पनि महासंघले सम्बन्धित् सबैको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?