+
+
Shares

समर्थकले भने : सर्फराज तिमी साह्रै मोटायौ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते १९:२३

४ असार, काठमाडौं । जारी विश्वकपमा खराब प्रदर्शन भइरहेको पाकिस्तानी टिमबारे समर्थकहरु बेखुशी देखिएका छन् । २०१७ मा भारतलाई हराएर च्याम्पियन्स लिग जितेको टिमबाट यस्तो आश नगरिएको उनीहरुको भनाइ छ ।

विश्वकपमा अहिलेसम्मका पाँच खेलमा एक खेल पानीले प्रभावित हुँदा पाकिस्तान ३ खेलमा पराजित भएको छ, एक खेल जितेको छ । अंक तालिकामा अफगानिस्तानबाट मात्रै माथि नवौं स्थानमा रहेको पाकिस्तानको कमजोरीहरु छरपस्ट भइरहेका छन् ।

यस्तोमा हजारौँको संख्यामा मैदानमा नै पुगेर समर्थन गरिरहेका दर्शकसमेत भारतसँगको खेलपछि निकै रिसाएका देखिन्छन् । भारतसँग विश्वकपमा हारेका सबै ७ खेलमध्ये पनि यो पटक लज्जास्पद हार भएको भन्दै समर्थकहरु टिमविरुद्ध नै बोलिरहेका छन् ।

महत्वपूर्ण खेलअघि पिजा, बर्गर र मिल्कसेक खाएर मस्तीमा मात्रै खेलाडी देखिएको तर मैदानमा हुनुपर्ने मेहनत नभएको उनीहरुको भनाई छ । कप्तान सर्फराज अहमद र केही खेलाडीहरुले बर्गर किनिरहेको फोटो सामाजिक सञ्जालमा निकै चलेपछि टिमको आलोचना झनै बढेको थियो ।

अझ भारतसँगको खेलका दौरान कप्तान सर्फराजले हाइ गरिरहेको फोटो देखिएपछि त समर्थकको निराशा थप बढेको थियो । उनीहरुमध्ये धेरैले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बर्गर खाएपछिको निद्रा पुगेको रहेनछ, सर्फराज तिमी साह्रै मोटाइसक्यौ, कसरी खेल्छौ ?’

भारतसँगको खेल हारेपछि मैदानको एक छेउमा उभिएका कप्तान सर्फराजको नामै लिएर केही समर्थकले ‘सर्फराज तिमी मोटायौ’ भनेको भिडियोसमेत सामाजिक सञ्जालमा निकै फैलिरहेको छ । त्यसलाई ब्याटिङ पिच मानिएको म्यानचेस्टरको मैदानमा समेत सर्फराजको ब्याट चल्न नसक्नुसँग समर्थकहरुले जोडिरहेका छन् ।

पाकिस्तानका पूर्व क्रिकेटर सोयब अख्तरसम्मले सर्फराज दिमाग नभएका कप्तान रहेको भन्दै आलोचना गर्नुले पनि उनीमाथिको समर्थकको रिस झनै थपिएको छ । अख्तरले टस जितेर पनि पिचको अवस्थाअनुसार निर्णय नगर्नु उनको गल्ती भएको भन्दै आलोचना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?