Comments Add Comment

सरकार बेठीक रहेछ भन्ने देखाउन खोजिएको छ : प्रधानमन्त्री ओली

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ठाउँबाट सरकारलाई असहयोग भइरहेको बताएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको बुधबारको बैठकमा उनले सरकार बेठीक रहेछ भन्ने बनाउने र जनतामा निराशा छर्ने काम भइरहेको जिकिर गरे ।

‘सरकारलाई असहयोग गर्ने, सरकार बेठीक रहेछ भन्ने बनाउने र जनताका निराशा छर्ने काम भइरहेको छ’ उनले भने ‘राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ । ती कुराहरुमा सजग हुनु जरुरी छ ।’

प्रधानमन्त्री ओलीले कसैले गल्ती गर्‍यो भन्ने ठाउँ दिन नहुने बताए । सबै मन्त्रालयले मातहतको कामको निरन्तर अनुगमन गर्ने, प्रगति विवरण लिने र कार्ययोजना अनुसारको काम भएको नभएको तर्फ ध्यान दिन उनले निर्देशन दिए ।

संघीय व्यवस्था अनुसार शासन व्यवस्था सञ्चालन गर्न सबै सरकारलाई बानी परिसकेको भन्दै अब परिणाम दिनुपर्ने बताए ।

‘संघीय व्यवस्था अनुसार स्थानीय सरकार बनेको दुईबर्ष भयो, प्रदेश र संघीय सरकार बनेको पनि डेढ वर्ष भयो’ प्रधानमन्त्री ओलीले भने, ‘नयाँ व्यवस्थाअनुसार हामीले हाम्रा कानुनहरु निर्माण गरिसक्यौं । त्यसैले अब हामीले जनतालाई छिटो छरितो सेवा र विकासका काम गर्नु पर्दछ ।’

नेपालमा अहिले विकासका लागि अनुकुल अवस्था सिर्जना भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment