+
+
Shares

एनआईसी एशियाकोे तीनवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते २१:३९

४ असार, काठमाडौं । एनआईसी एशिया बैंकले सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ६ को सीतापुर, झापा जिल्लाको म्ोचीनगर नगरपालिका, वडा नं. १ को गाडागल्ली र मेचीडाँगीमा आफ्नो  ३३, ३४ र ३५ औंं शाखारहित बैंकिङ सेवाअसार ४गतेबाट संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको सीतापुर शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामबल्लभ साह र विशेष अतिथिको रुपमा सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महत र वडा नं. ६ का वडा अध्यक्ष सुरेशकुमार साह सुरीको उपस्थितीमा स्ाम्पन्न भयो । उक्त शाखारहित बैंकिङ्ग सेवा काबैंक प्रतिनिधिको रुपमा रमेश गुप्तालाई नियुक्त गरिएको छ ।

यसैगरीे गाडागल्ली र मेचीडाँगी शाखा रहित बैंकिङ सेवाको उद्घाटन म्ोचीनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष पासाङ्ग तामाङ्गले गरे ।

गाडागल्ली शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा भावना श्रेष्ठ र मेचीडाँगी शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा लोकनाथ लामिछानेलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आˆनो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?