Comments Add Comment

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच

५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । नयाँ पत्रिका दैनिकले यसको खुलासा गरेको हो ।

नयाँ पत्रिकाको बिहीबारको अंकका प्रकाशित समाचारअनुसार गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो ।

उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले यसको पुष्टि गरेका छन् ।

अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीहरुले आर्थिक प्रलोभनमा विद्यार्थीको मार्कसिटमा नम्बर तलमाथि गरिदिने गरेका छन् । नयाँ पत्रिकाले अख्तियारको उच्च अधिकारीलाई उद्धृत गर्दै लेखेको छ,’फेल भएकालाई पास गराउने र कम अंक ल्याएका विद्यार्थीलाई अंक थप्ने गतिविधि बढेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । यसमा विद्यार्थी नेतादेखि धेरै ठूलो गिरोह सक्रिय छ भन्ने सूचना छ । एक कर्मचारीबाट मात्र अंक हेरफेर गर्ने सम्भावना देखिँदैन ।’

बिहीबार प्रकाशित अन्य दैनिक पत्रिकाहरुले गुठी विधेयक खारेजको माग गर्दै माइतीघर मण्डलामा उर्लिएको जनसागरलाई तस्वीरसहित समाचार प्रकाशित गरेका छन् ।

आज प्रकाशित पत्रिकाका फ्रन्टपेज हेर्नुहोस्



 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment