Comments Add Comment

ग्लोबल आइएमई बैंकको थप १७ शाखारहित बैंकिङ सेवा संचालनमा

५ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले सिराहाको सिराहा नगरपालिका– १९ सन्हैठा चोक,कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– १ रेगिल,पर्साको पर्सागढी नगरपालिका– १ मनवा बजार, पर्वतको मोदीगाउँपालिका – ७ राम्जा ठाँटी, परासीको सुनवल नगरपालिका – ११ जर्गाहा, संखुवासभाको चैनपुर नगरपालिका – ११ लोहाकोट, पाल्पाको पुर्वखोलागाउँपालिका – ५ वीरकोटमा साखा सञ्चालनमा ल्याएको छ।

साथै गुल्मीको रेसुङ्गा नगरपालिका – १४ पराल्मी, मोरङ्गको बेलबारी नगरपालिका – १० चाँदनीचोक एव्मबेलबारी नगरपालिका – ११ लक्ष्मीमार्ग, झापाको मेचीनगर नगरपालिका – २ भृकुटी चोक, तनहूँको देबघाट गाउँपालिका– २ देबघाट, उदयपुरको चौदण्डीगढी नगरपालिकामा साखा खोलेको छ।

यसका साथै तनहूँको व्यास नगरपालिका – ५ नेपालटार, चितवनको इच्छा कामना गाउँपालिका– ७ भालुमारे, चितवनकै कालिका नगरपालिका – ९शक्तिखोर र गुल्मीको सत्यवती गाउँपालिका – ६ चोरकाटेमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ।

थप १७ सेवा संचालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ्ग सेवाको संख्या १५५ पुगेको छ ।
यसका साथै बैंकले दमक शाखा, काठमाडौं, कपनको साततले र वीरगंज स्थित नारायणी सब रिजनल अस्पताल परिसरमा एटिएम सेवा पनि सञ्चालनमा ल्याएको छ ।

बैंकले १३७ शाखा, २६ एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४८ एटिएम तथा १५५ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि,सम्पर्क कार्यालय छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment