Comments Add Comment

सर्लाही मुठभेडपछि विप्लव समूहले भन्यो– बलिदान खेर जान दिँदैनौं

५ असार, काठमाडौं । नेपाल प्रहरीसँग भएको ‘भिडन्त’ मा सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएपछि प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले बलिदान खेर जान नदिने बताएको छ ।

बिहीबार साँझ जनकपुर ब्युरो इञ्जार्च अरुणले विज्ञप्ति जारी गर्दै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने दाबी गरेका हुन् ।

‘केपी–पीके सामाजिक दलाल सरकारले लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेकपा यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ ।’

अरुणले हत्यो बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने पनि दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment