Comments Add Comment

जापानको उत्कृष्ट प्रदर्शन, उरुग्वे बराबरीमा रोकियो

६ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा पाहुना टिम जापानले उत्कृष्ट प्रदर्शन गर्दै उरुग्वेलाई बराबरीमा रोक्न सफल भएको छ ।

कोपा अमेरिका फुटबलको समूह ‘सी’ मा शुक्रबार विहान भएको खेलमा जापानले उरुग्वेलाई २-२ गोलको बराबरीमा रोकेको हो । जापान जित नजिक पुगेर पनि हार्न पुग्यो । उरुग्वेलाई पराजित गरेको भए जापानले नयाँ इतिहास बनाउने थियो ।

दुई पटक लिएको अग्रतालाई जोगाउन नसक्दा जापानले बराबरीमा चित्त बुझाउन पुग्यो । खेलको २५औं मिनेटमा जापानले अग्रता बनाएको थियो । कोजी मियोसीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

तर खेलको ३२औं मिनेटमा उरुग्वेले पेनाल्टी पायो । पेनाल्टीबाट लुइस स्वारेजले गोल गर्दै १-१ गोलको बराबरीमा पुर्‍याएका थिए । पहिलो हाफसम्म १-१ को बराबरी खेलेको जापानले दोस्रो हाफमा फेरि अग्रता बनाउन सफल भयो ।

५९औं मिनेटमा मियोसीले नै गोल गर्दै जापानलाई २-१ गोलको अग्रता दिलाएका थिए । तर फेरि जापानको अग्रता धेरैबेर टिक्न सकेन । खेलको ६६औं मिनेटमा जोस जिमिनेजले गोल गर्दै २-२ गोलको बराबरी गराएका थिए । बाँकी समयमा गोल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment