
गाउँपालिकाले १० लाख बजेट विनियोजन गरिदिएपछि यतिबेला डोटीमा छायांकन भैरहेको नायक विराज भट्ट र नायिका निकिता चण्डकको चलचित्र ‘साङ्लो’ विवादमा छ । यो चलचित्रलाई विराज आफैले निर्देशन पनि गरिरहेका छन् । सामाजिक कथावस्तुलाई पर्दामा उतार्न लागिएको चलचित्रले किड्नी तस्करीको कथा उठान गर्ने चर्चा भएपनि नायक भट्टले भने यो कुरा स्विकार गरेका छैनन् ।
विभिन्न कारणले विवादमा परिरहँदा चलचित्रका मुख्य कलाकार विराज र निकिताको लुक्स भने सार्वजनिक भएको छ । सार्वजनिक लुक्समा नायिका निकिता चण्डक विवादित महिलाको भूमिकामा देखिएकी छिन् । यस्तै, उनीहरुलाई विउ रोप्दै गरेको अवस्थामा पनि देख्न सकिन्छ । योसँगै नायिका चण्डक चलचित्रमा विराजकी श्रीमतीको भूमिकामा छिन् भन्ने अड्कल लगाउन सकिन्छ ।
प्रदर्शन मिति तय नगरिएको यो चलचित्रले नायक विराज भट्टलाई डेब्यू निर्देशनमा सफल बनाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4