+
+
Shares

के सोनाली र दियासँग सोयब अख्तरको प्रेम थियो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १५:०५

बेलायतमा जारी विश्वकप क्रिकेटमा भारतसँगको खेलमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि अहिले पाकिस्तानी टिमका खेलाडी सोयब मलिकको आलोचना भैरहेको छ । साथमा, सोयबको आलोचना भैरहँदा उनकी पत्नी सानिया मिर्जाको पनि ट्रोल बनिरहेको छ ।

योसँगै पाकिस्तानका सफल क्रिकेट खेलाडी सोयब अख्तरको बलिउडका २ नायिकासँगको प्रेम सम्बन्धको खबर फेरि चर्चामा छ । यी बिषयमा लामो भिडियो सार्वजनिक गर्दै सोयबले स्पष्ट पार्ने कोशिश गरेका छन् । उनले, मिडियाले कुनै पनि कुरालाई स्पष्ट रुपमा नवुझी हचुवाको भरमा रिपोर्ट प्रस्तुत गर्ने गरेको आरोप समेत लगाएका छन् ।

उनले, नायिका सोनाली बेन्द्रेसँग आफ्नो प्रेम नभएको र उनको तस्वीर कहिले पनि पर्समा बोकेर नहिडेको स्पष्ट पारेका छन् । मिडिया रिपोर्टमा सोयबले सोनालीलाई अपहरण गरेर बिहे गर्न चाहेको खबर पनि सार्वजनिक भएको छ । उनले यसलाई निराधार भनेका छन् ।

उनले कहिले पनि सोनालीलाई एक्लै नभेटेको बताएका छन् । उनले सोनालीको केही चलचित्र हेरेपनि आफू उनको फ्यान नभएको स्पष्ट पारेका छन् । सोनाली क्यान्सरसँग लडिरहेको खबर थाहा पाएपछि भने आफू उनको फ्यान भएको र उनी अन्य महिलाहरुका लागि प्रेरणाको श्रोत बन्न सक्ने लागेको सोयबले बताएका छन् । उनले, अर्की नायिका दिया मिर्जासँग कहिल्यै पनि रोमान्टिक डेटमा नगएको स्पष्ट पार्दै भनेका छन्–‘दियालाई मैले भेटेकै छैनँ ।’

सानियाले क्रिकेट खेल अगाडि आफ्ना श्रीमान् सोयब मलिकसँग भेट गरेकाले उनले क्रिकेटमा राम्रो खेल खेल्न नसकेको भन्दै उनको ट्रोल भैरहेको छ । सोयब अख्तरले यो बिषयमा सानियालाई अनावश्यक रुपमा विवादमा तान्न खोजेको भन्दै उनको बचाउ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?