+
+
Shares

इटहरीका मेयरलाई पागलखानामा भर्ना गर्नुपर्छ : कांग्रेस सांसद

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १५:४४

६ असार, विराटनगर । प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ती गर्न आग्रह गरेकी छन् ।

शुक्रबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा उनले महिलालाई लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको अभिव्यक्तिले सिंगो महिला जगतको अपमान भएको टिप्पणी गरिन् ।

सांसद कार्कीले मेयर चौधरीले महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेको महिलाले खाने भनेर सार्वजनिक मञ्चबाट बोल्दा सरकार किन मौन छ ? भनी प्रश्नसमेत गरिन् ।

‘के पार्टीले मेयर चौधरीलाई छाडा साँढेजस्तै गरी डामेर छाडेको हो ?’ उनले प्रश्न गरिन् ‘सक्नु हून्छ भने सुधार गर्नु पर्‍यो, कि पागलखानामा भर्ती गर्न सक्नुपर्‍यो ? नेकपाले के मेयर चौधरीलाई छाडा छाडेको हो ?’

मेयर चौधरीका विषयमा यस्ता धेरै विषय बाहिर आउँदा पनि नेकपाले यस विषयमा चासो नदिएको भन्दै उनले आपत्ति जनाइन् ।
‘किन मेयर चौधरीको यतिका बिषय बाहिर आउँदासमेत उसको पार्टी नेकपा मौन छ, कि भन्नु पर्‍यो हाम्रो पार्टीको नीति सिद्धान्त यही हो भनेर, नत्र किन नेकपाका महिला नेतृहरु पनि यस बिषयमा चुप हुनुहुन्छ ?’

मेयर चौधरीलाई कारबाही गर्न नेकपाकै महिला नेतृहरु लाग्नुपर्ने उनले बताइन् ।

मेयर चौधरीले दुई दिनअघि इटहरीको लविपुर चौकमा आयोजित एक कार्यक्रममा महिलाको अस्मितामाथि प्रहार हुने गरी अश्लील शब्द बोलेका थिए ।

उनले यौनधन्दामा संलग्न महिलाहरुका कारण त्यस क्षेत्रमा मदिरा, महिलाले प्रयोग गर्ने श्रृङ्गार सामग्री र गर्भ निरोध चक्की पिल्सको व्यापार बढेको बताएका थिए ।

मेयरको उक्त अभिव्यक्तिप्रति महिला सञ्जालले समेत आपत्ति प्रकट गरेको छ भने सामाजिक सञ्जालमा आलोचना भएको छ । यसअघि मेयर चौधरीले पत्रकारलाई धम्की दिएपछि आलोचित भएका थिए ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?