Comments Add Comment

प्रकाश सपुतविरुद्ध शम्भु राइले मुद्दा हाले

गायक प्रकाश सपुत र शम्भु राइविचको गीत चोरी बिबाद झनै चर्किएको छ । लामो समयदेखि यी दुई छलफलमा रहेपनि दुइको छलफल किनारा लाग्न भने सकेको छैन । प्रकाश सपुतको पछिल्लो रिलिज गीत ‘गलबन्दी’को गीतसँग आफूले तयार पारेको ‘देउसी भैली’ बोलको गीतको लय मिलेको भन्दै राइले उजुरी दर्ता गरेका हुन् ।

यहीविचमा, गायक राइले अर्का गायक प्रकाश सपुत विरुद्ध मुद्दा दर्ता गरेका छन् । उनले केही दिन अगाडि मात्र प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयमा उजुरी दर्ता गरेको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘मैले गीतको लय मिलेको भनेर उजुरी दिएको छु । यो बौद्दिक सम्पत्तीको कुरा हो । अब, जे गर्छ कानुनले नै गर्छ ।’

उनले, प्रकाश सपुत र आफूविच कुरा भैरहेको पनि सुनाए । उनले भने–‘उहाँ र मेरो वुझाइमा एकरुपकता नआएर मात्र हो । सबै कुरा मुद्दा मात्र होइन । तर, यो अस्तित्वको लडाई हो ।’ उनले यो कुरामा सझदारी भएको नै राम्रो भनेका छन् । उनले भने–‘म प्रकाश सपुतलाई हार्दिक रुपमा स्वागत गर्न चाहन्छु । शैली, परिस्थिती नमिलेका कारण मैले अस्तित्व खोजेको हुँ ।’

शम्भु राइले आफू र प्रकाश सपुतविच सिस्टममा मतवेद मात्र भएको तर व्यक्तिगत रुपमा कुनै इगो नभएको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment