
नायिकाद्धय वर्षा राउत र आँचल शर्माले एउटै चलचित्रबाट रजतपटमा पाइला राखेका हुन् । चलचित्र ‘नाई नभन्नु ल ४’बाट वर्षा र आँचल उदाए । यसपछि, यी दुबैले पछाडि फर्किएर हेर्नुपरेको भने छैन । चलचित्र बजारमा वर्षा र आँचल नजिकका साथी होइनन् भन्ने चर्चा पनि सुनिन्छ । तर, दोश्रो चलचित्र ‘दाल भात तरकारी’मा एकसाथ काम गर्दा यी दुइको मित्रता नजिकको देखिएको छ ।
चलचित्रको ५१ दिने कार्यक्रममा पुगेका वर्षा र आँचल एक अर्कासँग गफिए । उनीहरुहरुले चलचित्र सफल भएको भन्दै खुशी पनि व्यक्त गरे । आँचल र वर्षाको ड्रेसको शैली पनि उस्तै थियो । क्यामेराको अघि तस्वीर खिच्दा होस् या एकसाथ बस्दा, आँचल र वर्षाको गफगाफ हेर्न लायक नै थियो ।
चलचित्र करिअरमा यी दुइको सफलताको आँकडा उस्तै छ । म्यूजिक भिडियोमा समेत सक्रिय आँचल र वर्षाले फेरि एकसाथ चलचित्र खेल्न मन लागेको पनि सुनाए ।
तस्वीरः शंकर गिरी
प्रतिक्रिया 4