
९ असार, काठमाडौं । विश्वकप क्रिकेट २०१९ मा पाकिस्तानको यात्रा निकै उतारचढावपूर्ण रह्यो ।
पहिलो खेलमा निकै खराब प्रदर्शन गर्दै वेष्टइण्डिजसँग ७ विकेटले हारेको टिमले विश्वकपकै बलियो मानिएको इंग्ल्याण्डलाई माथ खुवायो । पानीका कारण श्रीलंकासँग खेल भएन भने अष्ट्रेलिया र भारत दुबैसँग हा¥यो । यससँगै पाकिस्तान समूह चरणबाटै बाहिरिने सम्भावना बढ्यो ।
तर आइतबार दक्षिण अफ्रिकालाई ४९ रनले पारजित गरेसँगै पाकिस्तानको अघिल्लो चरण प्रवेश गर्ने आशाको दियो फेरि बलेको छ ।
त्यसो हो भने क्रिकेट सर्मथकहरुको स्वभाविक चासो हुन्छ, सेमिफाइनलमा भारत र पाकिस्तान भिड्लान् ? यो जान्न सेमिफाइनल रेशमा रहेका टिम र उनीहरुको अवस्थाबारे जानौं ।
सेमिफाइनल दौड
न्युजिल्यान्ड
जारी विश्वकपमा अपराजित न्युजिल्यान्ड ६ खेलबाट ११ अंक जोडेको न्युजिल्याण्ड शीर्ष स्थानमा छ । ५ खेल जितेको उसको श्रीलंकासँग हुनुपर्ने खेल भने वर्षाका कारण रद्द भउको थियो ।
अब उसले पाकिस्तानसँग जुन २६ मा, अष्ट्रेलियासँग जुन २९ र घरेलु टोली इंग्ल्यान्डसँग जुलाई ३ मा खेल्नुछ । बाँकी खेलमध्ये एक खेल जिते न्युजिल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्नेछ । तीनै खेलमा हारेपनि न्युजिल्यान्ड विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । त त्यसका लागि श्रीलंका, बंगलादेश र पाकिस्तानले अब कम्तिमा एकएक खेल हार्नुुपर्छ ।
अष्ट्रेलिया
अष्ट्रेलियाले ६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हार ब्यहोर्दै १० अंक बनाएको छ । विश्वविजेता अष्ट्रेलियाले अहिलेसम्म भारतसँग मात्रै हारेको छ ।
अब उसले इंग्ल्यान्डसँग जुन २५ मा, न्युजिल्यान्डसँग २९ मा र दक्षिण अफ्रिकासँग जुलाई ६ तारिखमा प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियाले तीन खेलमध्ये एक खेलमा जित हात पारे सेमिफाइनलमा स्थान पक्का गर्नेछ । तर तीनै खेलमा पराजित भएमा भने अरुको खेलमा निर्भर हुनुपर्छ ।
भारत
विश्वकपमा अर्को अपराजित टिम हो भारत । भारतले अहिलेसम्म पाँच खेलमध्ये चार खेलमा जित हात पारेको छ भने एक खेल भने वर्षाको कारण अंक बाँडेको छ र ९ अंकका साथ तेस्रो स्थानमा छ ।
उसले अब वेष्ट इन्डिज, इंग्ल्यान्ड, बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ । बाँकी खेलमध्ये दुई खेलमा जित हात पारे उसको सेमिफाइनलमा स्थान पक्का हुनेछ ।
इंग्ल्यान्ड
प्रतियोगिता सुरु हुनुअघिसम्म घरेलु टोली इंल्याण्ड उपाधिको सबैभन्दा प्रमुख दावेदार थिथयो । तर पाकिस्तानसँग अप्रत्यासित हार व्यहोरेको इंग्ल्याण्डलाई श्रीलंकाले पनि हारको स्वाद चखायो । त्यसैले चार जित र दुई हार व्यहोरेको इंग्ल्याण्ड ८ अंकसहित चौथो स्थानमा छ ।
अहिले पनि उसको अन्तिम चारमा पुग्ने सम्भावना बलियो छ तर, सबै उसके हातमा भछैन । पाकिस्तान वा श्रीलंकाले जादुमयी प्रदर्शन गरेमा इंग्ल्यान्ड सेमिफाइनल नपुगि बाहिरिन सक्छ ।
इंग्ल्यान्डले अब अष्ट्रेलिया, भारत र न्युजिल्यान्डसँग खेल खेल्न बाँकी छ ।
पाकिस्तान
६ खेलमध्ये दुई खेलमा जित र तीन खेलमा हार ब्यहोरेको पाकिस्तानको एक खेल वर्षाका कारण रद्द भयो । त्यसैले पाँच अंक बनाएर पाकिस्तान अहिले अंक तालिकाको सातौं स्थानमा छ ।
तर सन् १९९२ को विश्वकप विजेता पाकिस्तान जारी विश्वकपमा अझै पनि च्याम्पियन हुने सपना देख्छ ।
यो सहज भने छैन । पाकिस्तानले अब न्युजिल्यान्ड, अफगानिस्तान र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यो सबै खेल जित्दा पनि उसको ११ अंक हुन्छ । जबकी ११ अंक पार गर्न शीर्ष चारमा रहेका न्यूजिल्यण्ड र अष्ट्रेलियालाई एकएक तथा भारत र इंल्ग्याण्डलाई दुईदुई जित चाहिन्छ ।
यद्यपि यो असम्भव नै भने होइन ।
त्यसैले भारत र पाकिस्तान सेमिफाइनलमा पुगेको खण्डमा जुन ९ तारिखमा हुने पहिलो सेमिफाइनलमा वा ११ तारिखमा हुने दोस्रो सेमिफाइनलमा भेट हुनसक्छ । तर अझै धेरै उतारचढाव बाँकी नै छ ।
प्रतिक्रिया 4