+
+
Shares

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालयमा हुने भएको छ।
  • निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सोमबार सूचना प्रकाशित गरेर पदाधिकारी र सदस्यलाई शपथ ग्रहण समारोहमा उपस्थित हुन निमन्त्रणा गरेका छन्।
  • सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातिका दिन शपथ ग्रहण र पदबहाली गरेका थिए।

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण समारोह बिहीबार गर्ने भएको हो ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिहीबार दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा सपथ ग्रहण समारोह आयोजना गरिने जानकारी दिए ।

निर्वाचन समितिले सोमबार सूचना प्रकाशित गरेर महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण समारोह उपस्थितिका लागि निमन्त्रण गरेको छ ।

१५औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले फूलपातिका दिन सपथ ग्रहण र पदबहाली गरेका थिए ।

उनी प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले ३७५ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?