Comments Add Comment

असफलताले हच्किएका राजेश हमाल

नायक राजेश हमाल नेपाली चलचित्र क्षेत्रका लागि एउटा ब्रान्ड हुन् । नेपालमा हमाल मात्रै यस्ता एक जना कलाकार छन्, जसलाई चलचित्र क्षेत्रप्रति वास्ता नै नगर्ने दर्शकले पनि चिन्छन् । नायक राजेश हमालले आफ्नो चलचित्र यात्रामा ३ सय भन्दा बढी चलचित्रमा काम गरेका छन् । हमाल आफैलाई पनि उनले खेलेका निकै कम चलचित्रको मात्र याद छ ।

यसको अर्थ, हमालले आफ्नो करिअरमा धेरै चलचित्र गर्नका लागि गरेका छन् । कतिपयले हमालकै कारण चलचित्र क्षेत्र पछाडि धकेलिएको आरोप पनि उनलाई लगाउँदै आएका छन् । हमाल भने आफ्नो कारणले धेरै चलचित्र निर्देशक, निर्माता जन्मिएको दाबी गर्छन् ।

नायक राजेश हमालले पछिल्ला २ रिलिज ‘शकुन्तला र बागमती’पछि भने चलचित्रमा अभिनय गरेका छैनन् । यी दुबै चलचित्रमा हमालको फरक भूमिका थियो । तर, दुबै चलचित्र बक्स अफिसमा असफल भएपछि उनले काम गर्ने मन बनाएका छैनन् । हालै मात्र काम गर्ने निश्चित भएर पनि उनी ‘प्रेमगीत ३’बाट ब्याक हुनु यसैको कारण थियो ।

नायक हमालले चलचित्र निर्देशन गर्ने चर्चा चलेको पनि लामो समय भैसक्यो । अमेरिकाका निर्माताले लगानी गर्ने ३ करोडको प्रोजेक्टबाट उनी निर्देशक बन्न लागेको चर्चा चलेको धेरै भैसक्दा पनि यो प्रोजेक्ट सुरु हुन सकेको छैन ।
हमालले चलचित्रको काम सुरु गर्न नसक्नुको कारण फेरिदो बजार र दर्शकको स्वाद छिटोछिटो बदलिनु हो । हमालले यहीकारणले न त चलचित्रमा काम गर्न सकेका छन् न त चलचित्र निर्देशन गर्न नै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment