
१० असार, काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमार फेरि पूर्व क्लब बार्सिलोना फर्किर्ने सम्भावना बढेको छ ।
ब्राजिलका २७ वर्षीय नेयमार बार्सिलोनासँग अनुबन्धन नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले गरेको प्रस्ताव नेयमारले स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चार संस्था मेट्रोले उल्लेख गरेको छ ।
तर अब बार्सिलोनामा नेयमार आएमा उनको पारिश्रमिक घट्ने पनि उल्लेख गरेको छ । क्लबका अध्यक्ष र नेयमारबीच यो विषयमा पनि सहमति भएको उल्लेख छ ।
अहिले पीएसजीमा नेयमारले बार्षिक ३६.८ मिलियन युरो पाउने गरेका थिए । तर अब बार्सिलोना फर्किएको खण्डमा उनले २४ मिलियन युरो पाउने मेट्रोले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4