+
+
Shares

आरतीले गरिन् सुटुक्क विहे

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते २०:५३

बलिउड अभिनेत्री आरती छावरियाले विवाह गरेकी छिन् । एक दर्जनभन्दा बढि फिल्महरुमा अभिनय गरेकी यी अभिनेत्री टेलिभिजन रियालिटी शो ‘खतरों कि खिलाडी सिजन-४’ की विजेताको रुपमा लोकपि्रय भएकी थिइन् ।

आरतीले विवाहका सुन्दर तस्बिरहरु सामाजिक सञ्जालमा अपलोड गरेकी छिन् । आरतीले वर्ष २०१९ को प्रारम्भमै मोरिससका विशारद बीडासीसंग गोप्य रुपमा इन्गेज्मेन्ट गरेकी थिइन् । उनीहरुले भारतीय परम्परा अनुसार विवाह गरेका हुन् । विशारद ईन्टरनेशनल ट्याक्स कन्सलटेन्ट हुन् । आरतीका विवाहका तस्बिरहरु इन्स्टाग्राममा भाइरल भैरहेका छन् ।

विवाहपछि वीशारदले भारत आएर सेटल हुने बताएका छन् । बलिउड चलचित्र लज्जाबाट रजतपटमा उदाएकी यी अभिनेत्रीले विगतमा आवारा पागल दिवाना, तुम्से अच्छा कौन है, राजा भैया, अब तुम्हारे हवाले वतन साथीयो, शादी नम्बर वन, पार्टनर, हे बेबी, किससे प्यार करुँ आदिमा अभिनय गरेकी छिन् भने थुप्रै दक्षिण भारतीय फिल्ममा समेत अभिनय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?