+
+
Shares

‘कविर सिंह’ बन्यो सय करोड कमाउने साहिदको पहिलो सोलो फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते १४:०२

नायक साहिद कपुरको ‘कबिर सिंह’ले बक्स अफिसमा तहल्का मात्र मच्चाएको छैन, उनको भूमिकालाई लिएर पनि प्रशंसा भएको छ । साहिदले यो चलचित्रबाट फेरि एक पटक आफ्नो स्टारडम पुष्टी गरेका छन् । यो चलचित्रले भारतीय बक्स अफिसमा रेकर्डतोड कमाई गरेको छ । अधिकांश चलचित्रले सोमबारबाट दम तोड्ने गरेका छन् । तर, साहिदको यो चलचित्रले भने सोमबार र मंगलबार नै उत्कृष्ट व्यापार गरेको छ ।

चलचित्रले रिलिजको पाँचौ दिनमा सय करोड कमाई गरेको छ । ‘कबिर सिंह’ नायक साहिद कपुरको सय करोड कमाउने पहिलो सोलो चलचित्र बनेको छ । यसअघि उनी अभिनित केही चलचित्रले सय करोड कमाएपनि त्यसमा उनी मात्र नायक थिएनन् ।

चलचित्रले पाँचौ दिन मंगलबार १६.५३ करोडको कमाई गर्दै सय करोडको आँकडा पार गरेको हो । शुक्रबार २०.२१ करोड, शनिबार २२.७१ करोड, आइतबार २७.९१ करोड, सोमबार १७.५४ करोड व्यापार गरेको चलचित्रले मंगलबार १६.५३ करोडको कमाई गरेको छ ।

योसँगै चलचित्रले रिलिजको पाँच दिनमा १०४.९० करोड कमाई गरेको छ । चलचित्र ब्ल्कबस्टर हुने निश्चित छ । चलचित्रले २ सय करोडको आँकडा केही दिनमै छुने पक्का देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?