Comments Add Comment

बजेट मन्त्रीमुखी भएको भन्दै नेकपा सांसदकै विरोध

११ असार, हेटौंडा । प्रदेश ३ को आर्थिक वर्ष २०७६/७७ को बजेटको विरोधमा सत्तारुढ दलकै सांसदहरु नै उत्रिएका छन् । नेकपा संसदीय दलको बैठकमा उनीहरुले बजेट मन्त्रीमुखी भएको आरोप लगाएका छन् ।

मन्त्रीहरुको क्षेत्रमा मात्र बजेट पारिएको, सांसदको मागलाई अवमुल्यन गरिएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखे । नेकपा सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीहरुले र पहुँचका आधारमा कार्यक्रमहरु समेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सांसदहरुले आफ्नो क्षेत्रमा परेका योजना पनि आफूले भनेअनुसार नराखिएको, बजेटको समानुपातिक वितरण नभएको, पहुँच र आसेपासेलाई प्रश्रय दिइएको गुनासो गरेका छन् ।

जिल्लाबाट योजना बनाएर माग गरिएको कार्यक्रममा कुनै संबोधन नभएको भन्दै नेकपा सांसदले मंगलबारको प्रदेश सभा बैठकमै तिब्र आलोचना गरेपछि आज मुख्यामन्त्री डोरमणि पौडेलको सरकारी निवासमा संसदीय दलको बैठक बोलाइएको थियो । बैठकमा मकवानपुर, चितवन, धादिङ, रामेछापबाहेक अन्य जिल्लालाई सरकारले बेवास्ता गरेको आरोप सांसदहरुले लगाएका थिए ।

आफ्नै सांसदहरुले बजेटको तीब्र आलोचना गरेपछि मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकटेल, अर्थमन्त्री कैलाश ढुङगेलसहितका नेताहरुले सासदहरुलाई सम्झाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment