Comments Add Comment

‘म यस्तो गीत गाउँछु २’ बन्ने, दोहोरिएला पूजा र पलको जोडी ?

निर्देशक सुदर्शन थापा अहिले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को काममा व्यस्त छन् । यो चलचित्रको काम सकिएको छैन । यसैले पनि चलचित्रको प्रदर्शन मिति तय हुन सकेको छैन । तर, यो विचमा उनी अब नयाँ चलचित्रको तयारीमा जुटेका छन् । २ बर्ष अघिको हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिक्वेल बनाउने तयारीमा उनी लागेका छन् । उनी अहिले चलचित्रको कथामा काम गरिरहेका छन् । यस्तै, चलचित्रको संगीतमा संगीतकार अर्जुन पोखरेलले काम गरेका छन् ।

निर्देशक थापाले भने–‘हामीले तयारी मात्र थालेका हौं । यो चलचित्रलाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा नै निर्माण गरिनेछ ।’चलचित्रको केही समय अगाडि पनि घोषणा भएको थियो । उनले भने–‘त्यो बेलामा अर्कै जोशमा घोषणा गरिएको थियो । अहिले, सबै कुरा परिवर्तन हुन्छ ।’

उनले चलचित्रमा ‘म यस्तो गीत गाउँछु’का मुख्य नायक पल शाह र नायिका पूजा शर्मा हुने वा नहुने बिषयमा केही पनि बोलेनन् । तर, ‘म यस्तो गीत गाउँछु’को भन्दा धेरै परिवर्तन हुने उनको भनाई छ । ‘म यस्तो गीत गाउँछु’ले हिटको व्यापार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment