Comments Add Comment

नेपाल क्लियरिङ हाउस लिमिटेडकोे अध्यक्षमा नरेश शाक्य

१२ असार, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १२८औंैं संञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ अफिसमा कार्यकारी निर्देशक छन् । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजीकी निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नवनियूक्त गरेको छ ।

नेपालक्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीनजना, विकास बैंक, वित्तीयकम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक­-एक जनाप्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापनागर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवर्द्धित कम्पनी हो ।

यसको एनसीएचएल-ईसीसी, एनएचसीएल-आईपीएस र कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली सञ्चालनमा छन् । हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढिसंस्थाहरु अप्रत्यक्ष/ टेक्निकल सदस्यका रुपमा आबद्घ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment