Comments Add Comment

हिमालयन बैंकको ५९औं शाखा काठमाडौंको सुकेधारामा

१२ जेठ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आˆना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका-४, सुकेधारामा आफ्नो ५९ औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गरे । उनले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दो र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकबर्गहरुलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आˆनो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला  उद्यम तथा व्यवसायको बृहत प्रवर्द्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए ।

उनले समग्र महानगरबासीको सबृद्धि यात्रामा हिमालयन बैंक सम्बन्धित निकायहरु संग सहकार्य गरेर अगाडी बढ्ने धारणा व्यक्त गरे । उनले ग्राहकवर्गको बैंक प्रति गहिरो भरोसा रहेको चर्चा गर्दै नेपालमा स्वस्थ्य बैकिङ प्रणालीको विकास र जनतालाई सुलभ तथा स्तरीय सेवा पुर्‍याउन हिमालयन बैंक कटिबद्ध रहेको बताए ।

बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्यसम्मा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरि कर्जा सापटको रुपमा उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा रु. ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ ।

बैंकले चालू वर्षको ९ महिनामा रु. २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ ।  हाल बैंकको एटीएम संख्या १२० र विप्रेषण भुक्तानी काउन्टर १३५०० भन्दा बढी रहेको छ ।

समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु लगायत बैंकका प्रमुख कार्यकारी अधिकृत, बरिष्ठ कर्मचारीहरुको उपस्तिथिमा भएको थियो । स्थानीय उद्योगपति, व्यवसायी तथा अन्य गण्यमान्य व्यक्तिहरुको पनि समारोहमा उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment