+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

उच्च आर्थिक वृद्धिको लागि विश्व बैंकको सहुलियत सहयोग जरुरीः अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १८:५२

१२ असार, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको उच्च आर्थिक वृद्धिको लागि विश्व बैंकको सहयोग निरन्तर आवश्याक रहेको बताएका छन् । विश्व बैंककी उपाध्यक्ष एवं महालेखा परिक्षक एन्के डि एन्जेलोसँगको भेटमा अर्थमन्त्री डा.खतिवडाले नेपाललाई अझै केहि वर्ष सहयोगका लागि विश्व बैंकलाई आग्रह गरे ।

भेटमा अर्थमन्त्री खतिवडाले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुन सबै मापदण्ड पुरा गरेका भन्दै उक्त लक्ष्य सन् २०२२ सम्म पुरा गरी सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्यमा सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।

खतिवडाले यसका लागि ठूलो आर्थिक तथा प्राविधिक साधन र श्रोतको आवश्यकता पर्ने भन्दै सहुलियत दरमा विश्व बैंकलगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?