Comments Add Comment

श्रृंखलाबद्ध ‘सिरिन्ज’ आक्रमणमा संलग्नताको आरोपमा एक पक्राउ

१३ असार, काठमाडौं । काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा नेपाल प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले चाबहिल क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

‘काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं’, एसएसपी सुवेदीले अनलाइनखबरसँग भने ।

यो पनि, सन्तोषको बयानः सिरिन्ज होइन, ढलानको काँटीले घोचेको हुँ

काठमाडौं र भक्तपुरमा केही दिनअघि श्रृंखलावद्ध सिरिन्ज आक्रमण भएको थियो । बनेपामा पनि यस्तै प्रकृतिको घटना भएको छ । यसले सर्वसाधारणमा त्रास सिर्जना गराएको छ ।  तर, यी सबै घटना कसले र किन गरायो भन्ने खुल्न सकेको छैन ।

घटनामा संलग्नको आशंकामा प्रहरीले १ लाई नियन्त्रणमा लिएसँगै यसको तथ्य सतहमा आउने अपेक्षा गरिएको छ । पक्राउ परेका व्यक्तिलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।

यो पनि पढ्नुहोस बनेपाको आक्रमणले चिकित्सक नै आश्चर्यमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment