+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सन्तोषको बयान : सिरिन्ज होइन, ढलानको काँटीले घोचेको हुँ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १३ गते १०:३०
Photo Credit : सांकेतिक तस्वीर

१३ असार, काठमाडौं । महिलामाथि श्रृखलावद्ध शंकास्पद ‘सिरिञ्ज’ आक्रमण भएपछि आतंक मच्चियो ।

रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एचआईभीविरुद्धको एआरटी औषधी चलाइएको छ भने हेपाटइटिसविरुद्ध भ्याक्सिन पनि दिइएको छ ।

तर, आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ परेका व्यक्ति सन्तोष कार्कीले आफूले ‘सिरिञ्ज’ प्रहार नगरेको बयान दिएका छन् । साथै, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता पनि स्वीकार गरेका छन् ।

‘मैले सिरिन्ज हानेको होइन, ढलानको काँटीले घोचेको हुँ’, पक्राउ परेपछि प्रहरी अधिकारीसँग बयान दिँदै उनले भनेका छन् । उनले आफूले मजाकका लागि घोचेको बताएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृत भन्छन्, ‘उनले रोग सार्ने नियतले आक्रमण नगरेको पनि बताएका छन् ।’ प्रहरी अधिकृतले युवतीलाई आक्रण भएको क्षेत्रमा जडान गरिएका सीसी टीभीबाट फुटेज निकालेर अनुसन्धान थालेको थियो ।

त्यसकै आधारमा अनुसन्धान गर्दै जाँदा महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको संयक्त टोली उनीसम्म पुगेको थियो ।

‘गएराति पक्राउ गरेर महानगरीय प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको छ’, महाशाखाका एसएसपी सहकुलबहादुर थापाले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीका अनुसार कार्कीलाई सार्वजनिक गर्न दिउँसो ११ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरिएको छ ।

काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार कार्कीको महाराजगञ्जमा रेष्टुरेन्ट व्यवसाय छ । उनी केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए ।

यो पनि पढ्नुस्

शंकास्पद सिरिञ्ज अट्याक : एचआईभी सर्ने डरले विक्षिप्त छु

बनेपाको आक्रमणले चिकित्सक नै आश्चर्यमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?