+
+

महिन्द्राको मनसुन सर्भिस क्याम्प

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते १३:५५

१५ असार, काठमाडौं । नेपालका लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्कसले मनसुन सर्भिस क्याम्प संचालन गर्न लागेको छ । ‘मनसुन सर्भिस क्याम्प’ यहि असार १८ देखि २० गते सम्म सञ्चालन गरिने छ ।

यो मनसुन सर्भिस क्याम्पमा महिन्द्रा गाडीका सम्पूर्ण रेन्जका चार पाङ्ग्रे गाडीहरुलाई विभिन्न ३० चेक प्वाइटहरुमा दक्ष प्राविधिकहरुले जाँच गर्नेछन् । साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिने छ ।

यो योजनामा सम्पूर्ण ग्राहक तथा ड्राइभरहरुलाई स्पेयर पार्ट्स, लुबि्रकेन्ट तथा श्रमिक मूल्यहरुमा १० प्रतिशत छुटको व्यवस्था साथै निस्शुल्क स्वास्थ्य सेवा पनि प्रदान गर्नै व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

मनसुन सर्भिस क्याम्प आषाढ १८ देखि शुचारु भइ २० गते सम्पन्न हुनेछ । यो सेवा नेपाल भर एकैचोटी बालाजु अटोवर्कस अन्तर्गतको महिन्द्राका सर्भिस नेटर्वकहरुमा उपलब्ध गरिने छ । महिन्द्रा गाडीका ग्राहकहरुले योे विषेश सेवा प्राप्त गर्न नजिकैको महिन्द्रा आधिकारिक र्वकशपमा छिटो भन्दा छिटो बुकिङ्ग गर्नु पर्ने जानकारी कम्पनीले गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?