Comments Add Comment

राताम्मे बन्यो सेयर बजार

१५ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकको गिरावट आएर बजार पुरै राताम्मे बनेको छ ।

१२.२७ अंकको गिरावट आएर नेप्से परिसूचक १२४४.८९ अंकमा झरेको छ । नेप्से परिसूचकमा दोहारो अंकको गिरावट आए पनि कारोबार रमक आधा अर्ब नाघेको छ ।

दिनभर भएका ७ हजार २ सय १ कारोबारबाट १७२ कम्पनीका २३ लाख ६१ हजार ५ सय कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६४ करोड ५० लाख ९९ हजार ३७ रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा देखिएको छ । ग्लोबल आइएमईको पआइतबार १० करोड रुपैयाँ बढीको संस्थापक सेयर किनबेच भएका छ । दोस्रोमा नेपाल बैंक देखिएको छ, जसको ६ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यसैगरी तेस्रोमा शिवम् सिमेन्ट, चौथोमा प्रभु बैंक र पाँचौमा एनसीसी बैंकको उच्च कारोबार भएको छ । आइतबार शिवम्को ५ करोड ८० लाख रुपैयाँ, प्रभुको ३ करोड ४१ रुपैयाँ र एनसीसी बैंकको ३ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment