+
+
Shares

नेपाल-चीन उद्योग वाणिज्य संघको अध्यक्षमा तुलाधर

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते १८:४४

१६ असार, काठमाडौं । नेपाल-चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर चयन भएका छन् । सोमबार काठमाडौंमासम्पन्न २० औं वार्षिक साधारण सभाले तुलाधरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

साधारणसभाले संघको वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभुषण चाकुबाजी, महासचिव विवेक पौडेल, कोषाध्यक्ष जगतबहादुर श्रेष्ठ, चयन गरेको छ ।

नेपाल तथा चीन वीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवर्द्धनका लागि सन् १९९९मा नेपाल चीन उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

कार्यसमिति सदस्यहरुमा अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्र लाल प्रधान, हुवाङ एर टोङ, लिमा अधिकारी, मदन मित्तल, मनिस राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रविन श्रेष्ठ, राजेन्द्र मान शेरचन, विक्रम पाँडे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमितकुमार अग्रवाल तथा ज्ञानेन्द्र रत्न तुलाधर निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष तुलाधरले सबै उद्योगी व्यवसायीहरुको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु प्रभावकारीरुपमा अगाडि बढाउने कुरा बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?