+
+
Shares

सानिमा बैंकले शैक्षिक छात्रवृत्तिका लागि आवेदन खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते २०:१३

१६ असार, काठमाडौं । सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टू) अध्ययन गर्नका लागि काठमाडाैं उपत्यका बाहिरका सबै शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ।

बैंकले विगत ७ वर्षदेखि काठमाडौं बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदानगर्दै आइरहेको छ।

छात्रवृत्ति आवेदन साउन १० गतेसम्म दिन सकिने छ । यो छात्रवृत्ति बैंकले स्थायी बसोबास भएका गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिक तह अध्ययनका लागि दिँदै आएको छ।

छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारीका लागि सानिमा बैंकको वेवसाइट www.sanimabank.com मा log in गर्नसकिने छ। यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार रुपैयाँ नगद वृत्ति सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गरिने बैंकको भनाइ छ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?