Comments Add Comment

पछुतो मान्दै छिन् तारा

अभिनेत्री तारा सुतरिया बलिउडमा स्थापित हुन संघर्ष गरिरहेकी अभिनेत्री हुन् । उनले केही महिनाअघि प्रदर्शन भएको करण जौहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर-२’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

उक्त फिल्मले बक्स अफिसमा खासै चमत्कार गर्न सकेन । अहिले आएर यी अभिनेत्रीले आफूलाई एउटा कुराले पछुतो भैरहेको खुलासा गरेकी छिन् । उनका अनुसार हाल दर्शकको रोजाइमा परेको शाहिद कपूरको फिल्म ‘कबिर सिंह’ को मुख्य भूमिकाका लागि प्रारम्भमा उनैलाई प्रस्ताव गरिएको थियो । ताराले कबिर सिंहबाट आएको प्रस्तावलाई अस्विकार गर्दै करण जौहरको स्टुडेन्ट अफ द इयर-२ रोजिन् ।

परिणाम आज सबैसामु छर्लङ्ग छ । स्टुडेन्ट अफ द इयर-२ लाई दर्शकले खासै रुचाएनन्, कबिर सिंह अझै पनि सफलताको शिखर चुमिरहेको छ । ताराले अस्विकार गरेको भूमिकामा अर्की नयाँ अनुहार कियारा आडवाणीले मौका पाइन् ।

कबिर सिंहको सफलतासंगै बलिउडमा कियाराको चर्चा चुलिएको छ । जताततै उनकै सौन्दर्य र अभिनयको चर्चा छ । त्यसको ठिक विपरित ताराको बारेमा चर्चा त के सामान्य कुराकानी समेत भएको छैन । यीनै कारणले आफू पछुतो मानिरहेको ताराको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment