+
+

एभरेष्ट बैंकका ग्राहकलाई नेपाल मेडीसिटी अस्पतालमा ७ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १७ गते १८:४२

१७ असार, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल मेडीसिटी हस्पिटलसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

नेपालको भैसीपाटी, ललितपुरस्थीत नेपाल मेडीसिटी हस्पिटलमा बहु-अनुशासनिक ढंगबाट उत्कृष्ट चिकित्सक तथा अत्याधुनिक प्रविधिहरुबाट समग्र रोगहरुको उपचार गरिन्छ । नेपाल मेडीसिटी दक्षिण एशियाकै स्वास्थ्य सेवा गन्तव्यको रुपमा विकसित भएको छ ।

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा-सुविधाहरुमा ७ प्रतिशत छुट पाउन सक्नेछन् ।

साझेदारीअनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिषा डेबिट कार्ड स्वाइप गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् । ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?