+
+
Shares

अछाममा सडक भासिएर बस खस्यो, १५ जना घाइते

रासस रासस
२०७६ असार १८ गते १०:४४

१८ असार, अछाम । जिल्लाको साँफेबगर नगरपालिका–२, झकालेमा बुधबार बिहान बस दुर्घटना हुँदा १५ घाइते भएका छन् । ५ को अवस्था गम्भीर छ ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ४ को अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए । उनीहरुको अहिले बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिएर बस खसेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?