Comments Add Comment

पत्रकार सम्मेलनबाटै पक्राउ परे अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष

१८ असार, कैलाली । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटालाई प्रहरीले बुधबार पत्रकार सम्मेलनबाटै पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी नेतृत्वको टोलीले उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनबाट अध्यक्ष देवकोटासहित संघका सदस्य विपिन साउँद र व्यवसायी दिनेश विष्टलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध गोदावरी नगरपालिकाले सार्वजनिक हितविरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गराइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

अध्यक्ष देवकोटाले आफूहरुविरुद्ध विनाकसुर सार्वजनिक मुद्धा दर्ता गराइएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

गत असार १० गते गोदावरी नगरपालिकाको नगरसभा चलिरहेका बेला आफूहरुलाई बोल्न नदिएको भन्दै अध्यक्ष देवकोटासहित केही व्यापारीले बिरोध जनाएका थिए ।

नगरपालिकाले नगरसभामा अवरोध सिर्जना गरेको भन्दै उद्योग वाणिज्य संघका पदाधिकारीसहित केही व्यापारीविरुद्ध सार्वजनिक मुद्धा दर्ता गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment