+
+
Shares

‘भुल भुलैया’को सिक्वेलमा कार्तिक आर्यन फाइनल

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते ११:२३

लामो समयदेखि चर्चामा रहेको चलचित्र ‘भुल भुलैया’को सिक्वेलका लागि मुख्य नायक पक्का भएका छन् । यो चलचित्रका लागि नयाँ पुस्तादेखि पुराना पुस्ताका कलाकारहरुको नाम चल्दै आइरहेको थियो । अन्तत यो चलचित्रका लागि नायक कार्तिक आर्यन पक्का भएका हुन् ।

पछिल्लो समय निकै रुचाइएका र व्यस्त कार्तिकले यो चलचित्रमा काम गर्नका लागि संझौता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । कार्तिकले ‘लुका चुपी’, ‘सोनु के टिटु की स्विटी’ जस्ता सफल चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । हालै उनले नयाँ चलचित्र ‘लभ आजकल २’को छायांकन पनि सकाएका छन् ।

अहिले ‘भुल भुलैया’ टिम स्क्रिप्टमा काम गरिरहेको छ । स्क्रिप्टलाई जतिसक्दो बलियो बनाउनको लागि मिहिनेत गरिरहेको निर्माता भुषण कुमारले भारतीय मिडियासँग बताएकबा छन् । कार्तिकसँगै चलचित्रको अन्य कलाकारहरु पनि पक्का भइसकेका छन् । तर, निर्माण युनिटले कलाकारहरुलाई सार्वजनिक भने गरेको छैन । बुझिएअनुसार यो चलचित्रको छायांकन यो वर्षको अन्त्यबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?