Comments Add Comment

रोहितले बनाउलान् एकै विश्वकपमा ५ शतक ?

१८ असार, काठमाडौं । जारी विश्वकपमा उत्कृष्ट लयमा देखिएका भारतीय ब्याट्सम्यान रोहित शर्मा दुर्लभ विश्व कीर्तिमानको तयारीमा छन् ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा रोहित शर्माले चार शतक बनाइसकेका छन् । एउटै विश्वकपमा चार शतक बनाउने उनी दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१५ को विश्वकपमा कुमार सांगाकाराले लगातार चार खेलमा चार शतक बनाउँदै विश्व कीर्तिमान कायम गरेका थिए ।

जारी विश्वकपमा रोहितले चार शतक बनाउँदा अब उनी एउटै विश्वकपमा सर्वाधिक शतक बनाउने खेलाडी बन्ने कीर्तिमानको नजिक छन् । उनले अब एक शतक बनाए दुर्लभ विश्व रेकर्ड राख्नेछ । अहिलेसम्म एउटै विश्वकपमा पाँच शतक कुनै खेलाडीले बनाएका छैनन् । रोहितले जारी विश्वकपमा दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र बंगलादेशविरुद्ध शतक बनाएका छन् ।

भारत जारी विश्वकपको सेमिफाइनलमा एक खेलअघि नै पुगिसकेको छ । यसकारण भारतले अझै दुई खेल खेल्ने पक्का छ । यो दुई खेलमध्ये एक खेलमा रोहितले शतक बनाए एउटै विश्वकपमा सर्वाधिक शतक बनाउने खेलाडीको रेकर्ड उने आफ्नो नाममा राख्ने छन् ।

त्यसो त विश्वकपमा सर्वाधिक शतक बनाउने खेलाडीको सूचीको शीर्ष स्थानमा भारतकै पूर्वखेलाडी सचिन तेन्दुलकर छन् । उनले विश्वकपमा ६ पटक शतक बनाएका छन् । रोहितले अब अर्को एक शतक बनाएमा सचिनको विश्व कीर्तिमान पनि बराबरी गर्ने छन् ।

अहिलेसम्म विश्वकपमा पाँच शतक बनाउने खेलाडीहरुमा रोहितसँगै श्रीलंकाका पूर्वखेलाडी कुमार सांगाकारा र अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङ छन् ।

रोहितले जारी विश्वकपमा चार शतक र एक शतक भने सन् २०१५ को विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध बनाएका थिए ।

रोहितको अर्को दुर्लभ विश्व कीर्तिमान भनेको एकदिवसीय क्रिकेटमा उच्च स्कोर हो । उनले सन् २०१४ मा श्रीलंकाविरुद्ध एकै खेलमा २६४ रन बनाउँदै विश्व कीर्तिमान कायम गरेका थिए । जुन कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment