+
+
Shares

प्रविधिको प्रयोगबाट ठमेललाई सुरक्षित बनाउँछौंः डीआईजी थापा

पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस एप्लिकेशन उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १५:५८

१८ असार, काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीले काठमाडौंको ठमेल क्षेत्रमा प्रविधिको उच्चतम् प्रयोगमार्फत सुरक्षा प्रदान गरिने बताएका छन् ।

बुधबार ठमेलमा पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस मोबाइल एप्लिकेशको उद्घाटन गर्दै उनले उल्लेखनीय चेतनास्तर रहेको ठमेललाई प्रविधिमार्फत थप सुरक्षित बनाइने बताएका हुन् ।

‘सर्वत्र प्रहरी नै उपस्थित भएर सेवा प्रदान गर्नु भन्दा पनि प्रविधिको प्रयोग गरेर सेवा दिन सके सभ्यताको विकास हुन्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) क्षेत्रीले भने, ‘ठमेल क्षेत्रलाई पर्यटकमैत्री बनाउन प्रहरीबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न हामी तत्पर छौं ।’

कार्यक्रमका प्रमुख अतिथि पर्यटन विभाग भृकुटीमण्डपका महानिर्देशक ढुण्डीराज घिमिरेले ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरिनु प्रशंसनीय कार्य भएको बताए ।

उनले भने, ‘पर्यटक प्रहरीले पर्यटकहरुलाई भ्रमणको क्रममा सहजीकरण गर्दै आएकोमा यस सेवालाई थप गुणस्तरीय बनाउन केन्द्र प्रभावकारी हुने मेरो अपेक्षा छ ।’

आगामी दिनका प्रहरी कार्यहरु समुदायको आवश्यकतामा आधारित हुनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरीले लागू गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम उपयोगी रहेको समेत उनले बताए ।

पर्यटक प्रहरी ईकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको टुरिष्ट पुलिस मोबाइल एप पर्यटन सम्बन्धी जानकारी एवं पर्यटकहरुको गुनासो तथा समस्यालाई सहज ढंगले सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको हो ।

उक्त एप एन्ड्रोएड मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?