+
+

बजेटपछि सुदूरपश्चिम प्रदेशसभा लगातार छैठौं पटक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १६:३५

१८ असार, कैलाली । संसदमा बजेट प्रस्तुत भएपछि छैठौं पटक बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बुधबार पनि स्थगित भएको छ ।

बजेटको विषयलाई लिएर सरकार र प्रतिपक्षी दलबीचको छलफलमा सहमति पुग्न नसक्दा बुधबार आह्वान गरिएको बैठक समेत स्थगित भएको हो ।

बैठक आगामी असार २१ गते सम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले जानकारी दिए ।

प्रदेश सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रतिपक्षी दल नेपाली कांगेस र राष्ट्रिय जनता पार्टी आन्दोलनमा रहेकै बेला सत्तारुढ दलकै सासंदहरुले समेत बजेट संशोधनको माग सहित मुख्यमन्त्रीलाई हस्ताक्षर बुझाएपछि सरकार समस्यामा परेको छ ।

बजेटमा देखिएको असहमति बारेमा कुरा बुझ्न खोज्दा सरकारका प्रवक्ता एवं प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले घाटीको समस्या भएको भन्दै फोनमा कुरा गर्न चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?