Comments Add Comment

योगेश भट्टराईले भेटे रसियन नेता ज्यूगानोभ

१८ असार, काठमाडौं । रुस भ्रमणमा रहेका नेकपा नेता योगेश भट्टराईले रसियन कम्युनिष्ट पार्टीका वरिष्ठ नेता गेन्नाडी एन्ड्रियभिच ज्यूगानोभसँग भेट गरेका छन् । भेटमा नेपालको समसायिक राजनीतिक र कम्युनिष्ट आन्दोलनबारे एन्ड्रियभिचले चासो राखेका थिए ।

नेता भट्टराईले दुई ठूला कम्युनिष्ट पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी गठन भएको, तीनै तहको निर्वाचनमा विजय हासिल गरेको जानकारी दिँदै अब नेपाल राजनीतिक स्थायीत्वसँगै तिव्र आर्थिक विकासमा अघि बढेको बताए ।

प्रतिउत्तरमा ज्यूगानोभले निर्वाचनको माध्यमबाट नेपालमा कम्युनिष्ट पार्टीको सरकार बन्दा आफू उत्साहित भएको बताए । ज्युगानोभले नेपाल भ्रमणको इच्छा पनि व्यक्त गरे ।

रसियन संसद दुमाको आयोजनामा १ जुलाईदेखि मस्कोमा जारी ‘संसदीय अभ्यासको विकास सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय मञ्च’ मा भाग लिन भट्टराई मस्कोमा छन् ।

रसियन संसद दुमाको आधिकारिक वेवसाइटका अनुसार ३ जुलाईसम्म हुने सम्मेलनमा विश्वभरीका १ सय ३२ मुलुकका ८ सय सांसदहरु सहभागी छन् । मञ्चलाई बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्ने कार्यक्रम छ ।

को हुन् ज्युगानोभ ?

सन् १९४४ को २६ जुनमा जन्मेका गेन्नाडी एन्ड्रियभिच ज्यूगानोभ रसियन कम्युनिष्ट राजनीतिज्ञ हुन् । सन् २००१ मा उनी कम्युनिष्ट पार्टी अफ सोभियत युनियनका अध्यक्ष भए ।

ज्यूगानोभले रुसको राष्ट्रपति पदमा चार पटक प्रतिस्पर्धा गरे । सन् २०११ को सेप्टेम्बरमा ज्यूगानोभ चौंथोपटक राष्ट्रपतिका लागि भिडेका थिए । तर, उनी दोस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment