Comments Add Comment

इंग्ल्यान्डले दियो न्युजिल्यान्डलाई ३०६ रनको लक्ष्य

१८ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ३०६ रनको लक्ष्य दिएको छ ।

रिभरसाइड ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले ५० ओभरमा ८ विकेटको क्षतिमा ३०५ रन बनाएपछि न्युजिल्यान्डले मध्यम लक्ष्य पाएको हो ।

इंग्ल्यान्डका लागि जोनी बैरस्टोव र ज्यासन रोयले उत्कृष्ट प्रदर्शन गर्दै १२३ रनको साझेदारी गरे । जोनीले ९९ बलमा १५ चौक र एक छक्का प्रहार गर्दै १०६ रन बनाए । त्यस्तै रोयले ६० रन बनाए । कप्तान इयोन मोर्गन भने ४२ रनमा आउट हुदा जोइ रुटले २४ रन बनाए ।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, मट हेनरी र जेम्स निसामले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment