Comments Add Comment

भरतपुरको भतेरीमा ५० करोड लगानीमा रिभर बैंक रिसोर्ट बन्दै

१९ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ भतेरीमा ५० करोडको लगानीमा रिभर बैंक फनपार्क एण्ड रिसोर्ट खुल्ने भएको छ । जिल्लाका ४५ जना विभिन्न क्षेत्रका व्यवसायी मिलेर रिसोर्ट तथा फनपार्क खोल्न लागेका हुन् ।

निर्माण समिति संयोजक कल्याण जोशीले एक कार्यक्रमका बीच रिसोर्ट तथा फनपार्कको शिलान्यास गरे । डेढ वर्षभित्रै निर्माण पूरा गरी रिसोर्ट एवम् फनपार्क सञ्चालनमा ल्याइने निर्माण संस्थाका सचिव ऋषिराम न्यौपानले जानकारी दिए ।

रिसोर्ट एवम् फनपार्क करिब ६ बिघा जग्गामा फैलिने निर्माण समिति संयोजक कल्याण जोशीले जानकारी दिए । रिसोर्टमा ५ सय जना क्षमताको ब्याङ्क्वेट हल पनि रहने छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड नजिक भतेरी जंगल तल त्रिशुली नदी किनारमा रहने रिसोर्ट तथा फनपार्कमा रोलर कोष्टर रेल, जीप ड्राइभर, लेजी रिभर, वेभ पुलसमेत रहने छ । ‘वाटर बेससम्वन्धी गतिविधि चितवनमा नौ महिनासम्म चल्छ,’ निर्माण समितिका संयोजक जोशीले भने, ‘हामीले चितवन आउने पर्यटक र चितवनका स्थानीयलाई वाटरसम्बन्धी गतिविधिमा संलग्न गराउने उद्देश्यले लगानी गरेका हौं ।’

नारायणगढ-मुग्लिन सडकखण्डको हाइवेबाट आउन र जान सजिलो हुने भएकाले पर्यटकहरु आकर्षित हुने दावी निर्माण समितिका सचिव ऋषि न्यौपानेले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment