Comments Add Comment

‘सरौतो’को ‘कुले दाइ’मा सुमी र सन्नीको छमछमी

कात्तिक २२ गतेलाई सार्वजनिक प्रदर्शन मिति तोकेको चलचित्र ‘सरौतो’को पहिलो गीत सार्वजनिक भएको छ । ‘कुले दाई’ बोलको गीत काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यसको निर्माणपक्षले सार्वजनिक गरेको हो । यो गीतमा राजनराज सिवाकोटीको संगीत, स्वर र शब्द छ । मिलन नेवारले राजनलाई गायकीमा साथ दिएकी छन् ।

यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका सुमी मोक्तान र कलाकार सन्न सिंहलाई फिचरिङ गरिएको छ । यो भिडियोमा निलिशा शाक्यको कोरियोग्राफी छ । यो चलचित्रलाइ हरि हुमागाँइले निर्देशन गरेका हुन् जो चलचित्रको छायांकनमा सफल छन् । विराञ्जना इन्टरटेन्मेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्मस् एन्ड ग्लिटर स्टूडियोको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई बदलाको कथा भनिएको छ ।

चलचित्रमा सुमी र सन्नीको साथमा विजय लामा, यूवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतका कलाकारको अभिनय छ । यो चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाँइको छायांकन , निमेष श्रेष्ठको सम्पादन छ । नायिका सुमीले लोकलयको गीतमा नृत्य गर्दा आफूलाई रमाइलो लागेको बताउँदै आफू आशावादी रहेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment