Comments Add Comment

विन्दास कंगनाको रोमान्टिक कुरा

त्यसो त बलिउडमा कंगनाको दुई रुप छ । एक प्रतिभाशाली अभिनेत्री, दुई कन्ट्रोभर्सी क्विन । उनी यस्ती अभिनेत्री हुन्, जसले सिंगो फिल्म बोक्ने सामथ्र्य राख्छिन् । अभिनेताले भन्दा बढी पारिश्रमिक माग गर्छिन् । उनको फिल्मले राम्रै हलचल पनि मच्याउँछ ।

यद्यपी उनी विवादित पनि छिन् । उनी विवादको घेराबाट कहिल्यै मुक्त हुन सक्दिदनन् । यी कन्ट्रोभर्सी क्विन अहिले चाहि के गर्दैछिन् त ?

हालै मात्र बलिउड अभिनेत्री कंगना रनौट तथा राजकुमार रावको फिल्म ‘जजमेन्टल है क्या’ को टे्रलर सार्वजनिक भयो, जसलाई निकै मन पराइयो । आफ्ना विन्दास बयानका कारण चर्चामा आइरहने कंगनाले भाइ-भतिजावाददेखि राजनीतिक बुझाइको कमिको मुद्दामा सार्वजनिक रुपमै करण जौहर, रणबीर कपूर तथा आलिया भट्टसमेत बलिउडका थुप्रै दिग्गज व्यक्तित्वका विरुद्ध बोलिसकेकी छिन् ।

अभिनेता रितिक रोशनसंगको सार्वजनिक विवादको खबरले पनि चर्चा बटुल्यो । हालै उनलाई आगामी दिनमा अन्य व्यक्तिका बारेमा पनि बोल्ने हो त ? भन्ने जिज्ञासा राखिएको थियो । जसको जवाफमा कंगनाले यस सम्बन्धमा आफ्नो बेग्लै धारणा रहेको बताइन् ।

आफ्नो नयाँ फिल्मको ट्रेलर सार्वजनिक गर्ने समारोहमा कंगना भन्दै थिइन्-‘म कसैको पनि पर्दाफाश गर्न गैरहेकी छैन । कतिपय अवस्थामा मानिसहरु आफैंले आफूलाई बेनकाव गरिदिन्छन् । म यसलाई निकै हल्का रुपमा लिन्छु ।

कंगना र रितकले एक-अर्कालाई सन् २०१६ मा कानूनी नोटिस पठाएका थिए । कंगनाको दावी के थियो भने उनीहरु दुबै सम्बन्धमा थिए र रितिकले उनीसंग विवाह गर्ने वचन दिएका थिए । रितिकले यो कुरालँई ठाडै अस्विकार गरिदिए । उनले दुबैले संगै काम मात्र गरेको बतँए । रितिकले त उक्त कुराका लागि कंगनाले आफूसंग सार्वजनिक रुपमै माफी माग्नु पर्ने कुरा समेत बताए ।

कंगनाको भनाइ के छ भने  भन् २०१६ र २०१७ का बीचको त्यो अवधि उनका लागि निकै कष्टकर थियो, जतिबेला उनले बेइज्जती सहनु पर्यो र मानसिक रुपले अस्थिर भएको आरोप सुन्न पर्‍यो ।

कंगनाका अनुसार कनिका ढिल्लो -लेखिका) ले उनलाई जज मेन्टल है क्या फिल्ममा उनले निर्वाह गर्ने भूमिकाका बारेमा बताइन्, त्यो बेला उनलाई उक्त कथा आफ्नै जस्तो लागेको थियो । ‘यदि मेरो जीवनमा त्यो क्ष्ँण नआएको भए र मैले यो कथा नसुनेको भए मलाई कुनै युवती मानसिक रुपले अस्थिर भनिन्छ भन्ने कुरा मुद्दा बन्छ जस्तो लाग्दैन थियो, कंगनाको भनाइ छ ।

कंगनाको उक्त फिल्मको नाम प्रँरम्भमा मेन्टल है क्या थियो । यद्यपि इन्डियन साइकियाटि्रक सोसाइटीका सदस्यहरुद्वारा उक्त नामलाई लिएर आपत्ति जनाइएपछि फिल्मका निर्माता बालाजी टेलिफिल्म्ले यसको नाम परिवर्तन गरेर ‘जजमेन्टल है क्या’ राखे ।

यो फिल्म २६ जुलँईका दिन प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment