+
+
Shares

काठमाण्डौमा ‘वीव्याई सिटी नेपाल’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १४:३०

नेपालमा ‘वीव्याइ सिटी नेपाल’ आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल हिपअप फाउण्डेसन, गोविन्द एजुकेशनको आयोजनामा वीव्याइ सिटी नेपाल हुने जानकारी दिइएको थियो । शनिबार काठमाण्डौको लैनचौरमा यो कार्यक्रम आयोजना हुन् ।

कार्यक्रममा ‘वीव्याइ सिटी नेपाल’का संयोजक दीपेश थापाले यो कार्यक्रम विगत दुई वर्षदेखि संचालनमा आइरहेको जानकारी दिए । प्रतिस्पर्धामा देशका विभिन्न जिल्लाबाट प्रतिस्पर्धी आउने बताइएको छ । कार्यक्रममा एसियाका विभिन्न देशका प्रतिनिधिसमेत कार्यक्रमको उद्घाटन सत्रमा आउने जानकारी दिइयो ।

वीव्याइ सिटी नेपालले लुकेर रहेका युवाहरूको क्षमतालाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन लागेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो । संयोजक थापा भन्छन्–‘हाम्रो मुख्य उद्देश्य भनेको हिपहपको माध्यमबाट विश्वमा नेपाली पहिचान स्थापित गर्नु हो ।’ कार्यक्रमका लागि नेपालमा विभिन्न देशका डिजेहरु पनि उपस्थित हुनेछन् ।

वीव्याइ सिटीमा उपाधि जित्ने समूहले नेपालको प्रतिनिधित्व गर्दै एसियन क्वालिफायरका लागि ताइवान जाने अवसर पाउनेछन् । यो प्रतिस्पर्धामा चीनका एलेक्स, नेपालबाट प्रिन्स कानेकी, भारतका सान, थाइल्याण्डबाट डिजे जेक्स निर्णायकका रूपमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?