Comments Add Comment

सरकारले आफैं निर्माण कम्पनी बनाउने

१९ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्ने तयारीमा रहेको बताएका छन् ।

बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा उनले विकास आयोजनाहरुमा हुने ढिलासुस्ती रोक्न निर्माण कम्पनी गठनको तयारीमा रहेको बताए । ‘नेपाल सरकार आफ्नै निर्माण कम्पनी स्थापना गर्न गइरहेको छ । सात दिनभित्र केही आउँछ’ उनले भने । सरकारले आफ्नै निर्माण कम्पनी बनाए पनि निजी निर्माण कम्पनीलाई पनि प्रोत्साहन गर्ने मन्त्री महासेठले बताए ।

मन्त्री महासेठले काठमाडौंलाई आगामी आर्थिक वर्षभित्र नयाँ काठमाडौं बनाउने बताए ।। ‘त्यसका लागि काम मन्त्रालयको तर्फबाट भइरहेको छ । विभिन्न ठाउँमा अन्डरपास र अन्डरवे निर्माणको प्रक्रिया अघि बढाएका छौं’ उनले भने ।

कोटेश्वरमा सरकारले आफ्नै पैसाले कभर्र्ड अन्डरपास बनाउन लागेको पनि उनले बताए ।

कोटेश्वरमा ललितपुर, भक्तपुर र तीनकुने तीनैतिरबाट आउने सवारी साधन निर्वाध चल्न सक्ने गरी अन्डरपास बनाउने मन्त्री महासेठले बताए । महाराजगञ्ज, गौशाला चाबहिल र थापाथलीको सवारी व्यवस्थापनलाई व्यवस्थित गर्न अन्डरपास, फ्लाई ओभर वा के बनाउँदा ठीक हुन्छ भनेर अध्ययन भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment