+
+

वेष्ट इन्डिज टस जितेर ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १५:२७

१९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध वेष्ट इन्डिजले ब्याटिङ सुरु गरेको छ ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले टस जितेर ब्याटिङ गर्ने भएपछि अफगानिस्तानले बलिङको निम्तो पाएको हो ।

दुबै टिम स्पष्ट जित हात पार्दै विश्वकप टुंग्याउने लक्ष्यमा छन् । विश्वकपबाट बाहिरिसकेका कारण आजको खेल दुबै टिमका लागि प्रतिष्ठाको लडाईँ मात्रै हुनेछ ।

अफगानिस्तानले अहिलेसम्म जित हात पार्न सकेको छैन । उसले खेलेको ८ खेलमध्ये सबै खेलमा हार ब्यहोरेको छ । त्यसकारण पनि आजको खेल अफगानिस्तानले जित हात पार्दै विश्वकपलाई अन्त्य गर्ने लक्ष्यमा छ ।

यता, वेष्ट इन्डिजले पनि जारी विश्वकपमा राम्रो गर्न सकेन । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले पराजित गरेपछि वेष्ट इन्डिजले कुनै खेल जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?